global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंककाे झण्डै दुई कराेडकाे एफपिअाे निष्काशन हुँदै

नेपाल बैंककाे झण्डै दुई कराेडकाे एफपिअाे निष्काशन हुँदै

नेपाल बैंककाे झण्डै दुई कराेडकाे एफपिअाे निष्काशन हुँदै

काठमाडौं : नेपाल बैंकले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई एफपिओ निष्कासनका लागि धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले प्रिमियम मूल्यमा उक्त सेयर निष्कासन गर्ने जनाएकाे छ। अहिलेसम्म कति मूल्य भन्ने तय भईसकेको छैन । बैंक संचालक समितिको बैठकले गत चैतमा प्रस्ताव गरेको थियो भने फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

याे बैंकमा सरकारको सेयर स्वामित्व ६२ प्रतिशत छ । एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ । एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको बताइएकाे छ।

प्रकाशित समय : ०३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु