global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सबै योजनामा रामेछापबासीको स्वामित्व रहन्छ’

‘सबै योजनामा रामेछापबासीको स्वामित्व रहन्छ’

‘सबै योजनामा रामेछापबासीको स्वामित्व रहन्छ’


२०७० को दोस्रो संविधान सभाको चुनावमा रामेछाप क्षेत्र नं. २ बाट निर्वाचित श्यामकुमार श्रेष्ठ (कुशल) २०७४ को निर्वाचनमा प्रतिनिधिसभा रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्व गृह राज्यमन्त्री समेत रहेका उनी वर्गसंर्घषको पृष्ठभूमिबाट राजनीतिमा आएको बताउँछन् । वर्गसंर्घषको पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएको दावी गर्ने श्यामकुमारसँग वर्गविहिन रामेछाप बनाउने योजना के छ ? न्यूज कारोबारकर्मी सञ्जय श्रेष्ठले श्यामकुमार श्रेष्ठसँग गरेको कुराकानी :

जनताले दोस्रो पटक अनुमोदन गरेको छ, तपाईको कार्यकालमा जिल्लाका नागरिकको आर्थिक अवस्था कस्तो हुन्छ ?
– खासगरी सुशासन, स्थायित्व र विकास यो राष्ट्रिय नारा हो । यो नारा रामेछापको लागि पनि उतिकै सान्दर्भिक छ । यो नारालाई जिल्ला तथा राष्ट्रियस्तरमा नै व्यवहारिक रुपमा कार्यान्वयन गर्नु छ । अब रामेछापको जो कुरा छ, मलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । त्यो भनेको के हो भने रामेछापमा भएको स्रोत र साधनको समुचित प्रयोग गरी जनतालाई ति कुराहरुमा सहभागी गराउनु हो । रामेछापमा भएको भ्रष्टाचार, अनियमिततालाई रोक्नु हो । सुशासनमा रामेछापलाई अरुको तुलनामा अब्बल बनाउनु छ । बिजुली, खानेपनी, सडक, कृषि लगायतको समस्याको समाधान गरी रामेछाप र रामेछापबासीलाई बनाउनु छ । मेरो कार्यकाल समृद्ध रामेछाप र समृद्ध रामेछापेली बनाउन मै व्यतित हुनेछ ।

तपाईको कार्यकालमा रामेछापमा आर्थिक स्रोतहरु के के निर्माण हुन्छ ?
– रामेछापको सन्र्दभमा आर्थिक स्रोतको कमि छैन ।हामिले बाहिर खाज्नु पनि पर्दैन । रामेछापको आर्थिक स्रोतहरु पानी, कृषि, जडिबुटी, पर्यटनलाई व्यवस्थापन तथा बिकास गर्नुपर्छ । रामेछापलाई युद्व पर्यटनको रुपमा विकास गर्न सकिन्छ । हामीले यी प्राकृतिक स्रोत र साधनको उचित उपयोग गर्नु छ । यी स्रोतहरुलाई परियोजनाको रुपमा जनतालाई प्रत्यक्ष सहभागी गराएर अगाडि बढ्ने छ ।

तपाई युवा नेता, रामेछापेली युवालाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
– अब युवाको व्यवस्थापनको कुरो छ, यो राष्ट्रियरुपमा नै समस्यको बिषय छ । त्यसलाई राष्ट्रिय रुपमा नै समाधानको बिषयको रुपमा पनि छलफल भइरहेको छ । रामेछापमा मैले अगाडि पनि भने पर्याप्त रुपमा परियोजनाको निर्माण सुरु भएपछि सबै युवाहरुलाई नै ति काममा लगाउने हो ।

रामेछापलाई आर्थिक समृद्धिको लागि उद्योग तथा कलकारखाना के के निर्माण हुन्छ ?
पर्यटन उद्योग, हाइड्रोपावर, कृषि लगायतका उद्योगहरुको स्थापनासँगै अन्य विकास निर्माणका कामहरु सञ्चालन भइरहेका छन् र केही सुरु हुँदैछन् । अब हजारौं युवाहरुले काम पाउछन् । रामेछाप केन्द्रित ठुलाठुला राष्ट्रिय योजना निर्माण हुँदैछ ।

महिला, बालबालिका, वृद्धवृद्धाहरुको लागि के के गर्नु हुन्छ ?
– जनतालाई प्रत्यक योजना तथा परियोजनामा सबैको स्वामित्व रहनेगरी सेयरको व्यवस्था हुन्छ । प्रत्येक मजदुरलाई एउटा हिस्साको रुपमा सेयर दिने व्यवस्था हुन्छ ।

तपाईलाई रामेछापका जनताले किन नेता मान्ने ?
– यो प्रश्न अलि छिटो भएजस्तो लाग्यो, अब दोस्रो कार्यकाल त भर्खर सुरु भएको छ । हिजो जनताको हित र अधिकारको लागि लडे र भोली पनि लडिरहन्छु । अब हिजोको विश्वास, आगामी कार्यभार र जनादेश अनुकुल काम गर्ने हो । बाँकी जनताको हातमा छ ।

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु