global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भरपर्दो उपचार नपाएको बिरामीको गुनासो

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भरपर्दो उपचार नपाएको बिरामीको गुनासो

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भरपर्दो उपचार नपाएको बिरामीको गुनासो

प्रभा रावत । सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सहज रुपमा सेवा नपाएको गुनासो गरेका छन् । यो प्रदेशकै ठुलो सरकारी अस्पताल भएपनि बिरामीले आवश्यक विशेषज्ञ सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले उपचार नपाएर फर्कनुपरेको समेत गुनासो गरेका छन् । लामो समयसम्म लाईनमा कुर्नुपर्ने, विशेषज्ञ सेवा उपलब्ध नभएको, सामान्य उपचारका लागि पनि सुर्खेतबाहिर जानुपर्ने बाध्यता रहेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले समेत रुखो व्यवहार गर्ने गरेको विरामीहरु बताउँछन् ।
अस्पताल प्रशासनले पछिल्लो समय सेवा विस्तार र परिवर्तन भएको दाबी गरिरहेको छ । अस्पतालको भौतिक संरचनासमेत विस्तारको क्रममा छ । तर बिरामीहरु भने आफूूहरुले परिवर्तनको अनुभुति गर्न नपाएको गुनासो गरिरहेका छन् । बिरामी र तिनका आफन्तले क्षेत्रीय अस्पतालमा यो समस्या भोगिरहँदा अस्पताल विकास समितिले भने अब सेवालाई सहज बनाइने जनाएको छ ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु