global ime bank Long Banner Ad

गृहपृष्ठ चलचित्र ‘शत्रु गते’लाई यूएम बाइक हस्तान्तरण

चलचित्र ‘शत्रु गते’लाई यूएम बाइक हस्तान्तरण

चलचित्र ‘शत्रु गते’लाई यूएम बाइक हस्तान्तरण


काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपालका लागि यूएम बाइकको आधिकारिक विक्रेताले २ थान यूएम बाइक चलचित्र ‘शत्रु गते’ टिमलाई हस्तान्तरण गरेको छ । यससहित कम्पनीले रिनेगेड, कमान्ड २२३ सीसी र पावरम्याक्स १२५ सीसीका प्रतिनिधित्वमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अझै लामो यात्रा तय गर्ने बताएका छन् । उनले भने, ‘हामीले चलचित्रमा पनि यस ब्राण्डलाई प्रोमोट गरेका छौँ र यस बाईकको कार्य क्षमता पनि उत्कृष्ट रहेको छ ।’ साथसाथै, केसीले व्यक्तिगत रुपमा आफुले पनि छिटै खरिद गर्ने अठोट जानकारी गराएका छन् ।
शत्रुगतेको निर्माण मह सञ्चारको ब्यानर अन्तरगत चर्चित कलाकारहरु महजोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य), दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र चैत्र ९ गतेदेखि देशभरका चलचित्र घरहरुमा प्रदर्शन भइराखेको छ ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु