गृहपृष्ठ पेन्ट डिलर्स एसोसिएसनमा खत्रि
पेन्ट डिलर्स एसोसिएसनमा खत्रि
काठमाडौं- पेन्ट डिलर्स एसोसिएसनको अध्यक्षमा रामचन्द्र खत्री चयन भएका छन । खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
नवौँ वार्षिक साधारणसभा र निर्वाचनमार्फत आगामी ३ वर्षका लागि
नयाँ कार्यसमिति चयन भएको हो । यसअघिका कार्यकालमा खत्रि उपाध्यक्ष थिए । एसोसिएसनको नवौँ भेलाले उपाध्यक्ष सिद्धार्थ बहादुर, महासचिव राजेश वैद्य, सचिवमा यामकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र कसजु र सह–कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन ।
एसोसिएसनको सदस्यमा केविन श्रेष्ठ, अमृत थापा, देवेन्द्रशंकर श्रेष्ठ, प्रज्वल प्रधान र राजेन्द्र तण्डुकार निर्विरोध चयन भएका छन् । एसोसिएसन संरक्षक एवं निर्वाचन कमिटीका संयोजक विक्रम कसजुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नयाँ जिम्मेवारीसँगै नवनिर्वाचित अध्यक्ष खत्रिले आफ्नो कार्यकालमा व्यवसायीको हकहीत र उपभोक्ताको आवश्यकता अनरूपको योजना सहित काम गर्ने विश्वास व्यक्त गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : १४:४५ बजे



















