गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्धारा वेगनास तालको सफाई
ग्लोबल आइएमई बैंकद्धारा वेगनास तालको सफाई
काठमाडौं- ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ ।
बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सबै कर्मचारी लगायत स्थानिय युवा क्लब, समाजसेवी तथा उक्त क्षेत्रका स्थानिय बासिन्दाको अगुवाईमा उक्त बेगनास ताल सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
माघ २० मा स्थानिय युवा क्लबको अगुवाईमा सुरु भएको बृहत वेगनास सरसफाई कार्यक्रम अन्र्तगत ग्लोबल आइएमई बैंक सहभागि भई योगदान पुर्याएको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको बिज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय : १५:१४ बजे



















