global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित डा रिता थापा

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित डा रिता थापा

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित डा रिता थापा

काठमाडौं । नेपालको बाल तथा स्त्री रोग विशेषज्ञ एवं जनस्वास्थ्य विज्ञहरुको साझा संस्था पेरिनेटल सोसाइटी अफ नेपालले डा रिता थापालाई आज लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
सोसाइटीको ११ औं सम्मेलनका अवसरमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अवार्ड प्रदान गरेका हुन्।
सोसाइटीका अध्यक्ष डा मणिन्द्र रञ्जन बरालले मातृशिशु स्वास्थ्य र जनस्वास्थ्यको क्षेत्रमा योगदान पुर्यासए वापत अवार्ड प्रदान गरिएको जानकारी दिए।
प्रसूति गृहबाट आफ्नो करिअर सुरु गरेकी डा। थापा अन्ततः जनस्वास्थ्यमा समर्पित भइन् । विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा बसेर काम गरिसकेकी डा। थापा अझैं पनि स्वास्थ्य मन्त्रालयका नीति बनाउन सल्लाह सुझाव दिने गर्छिन् ।
यसैगरी, सोसाइटीले मातृ, बाल तथा नवजात शिशुको स्वास्थ्यका क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यखबरलाई पनि अभिनन्दन गरेको छ।

प्रकाशित समय : ०४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु