nmb bank

गृहपृष्ठ काठमाडौं महानगरपालिकाद्धारा ज्येष्ठ नागरिक स्वास्थ्योपचार स्थगित

काठमाडौं महानगरपालिकाद्धारा ज्येष्ठ नागरिक स्वास्थ्योपचार स्थगित

काठमाडौं महानगरपालिकाद्धारा ज्येष्ठ नागरिक स्वास्थ्योपचार स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ।

हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए। कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा शुरु गरेको थियो।

अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स जिल्ला जनस्वास्थ्य कार्यालय नै फर्कनु भएको जनाइएको छ । कामपाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सो सेवाको थियो।

महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन्। अबको केही समयमा नै कामपाले आवश्यक कर्मचारीको व्यवस्था गरी सेवालाई निरन्तर दिने जनाएको छ। रासस

प्रकाशित समय : ०४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु