global ime bank Long Banner Ad

गृहपृष्ठ वुर्तिवाङमा नेपाल बैकको एटिएम

वुर्तिवाङमा नेपाल बैकको एटिएम

वुर्तिवाङमा नेपाल बैकको एटिएम


बाग्लुङ । नेपाल बैक लिमिटेडले वाग्लुंग जिल्ला ढोरपाटन नगरपालिकास्थित वुर्तिवांग शाखामा एटिएम सेवा शुभारम्भ गरेको छ । उक्त एटिएम सेवाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक विशेष समारोहका वीच समुद्घाटन गरे । नेपाल बैक लिमिटेड वुर्तिवांगका शाखा प्रवन्धक सुरज घिमिरेको संयोजनमा सम्पन्न उक्त एटिएम शुभारम्भ तथा नववर्ष ०७५ को शुभकामना आदान प्रदान समारोहमा स्थानीय कार्यालय प्रमुखहरु, उद्यमी व्यवसायी, ग्राहक तथा सर्वसाधारणको भव्य उपस्थिति थियो ।
नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर रहेको बैकको चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको छ । बैकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ भने बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ ।
मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट् मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको मैकले ०७४ चैत मसान्तसम्म रु ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी रु ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु