global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ धनुषा निर्माण व्यवसायी संघको १५ औँ साधारण

धनुषा निर्माण व्यवसायी संघको १५ औँ साधारण

धनुषा निर्माण व्यवसायी संघको १५ औँ साधारण

जनकपुरधाम ।  धनुषा निर्माण व्यवसायी संघको १५औँ साधारण सभामा आयोजित कार्यक्रममा निर्माण व्यवसायीले आफ्नो गुनासो व्यक्त गरेका छन् । ठग, बेइमान भन्ने जस्ता अपशब्द झेल्दै आएको र यसका जिम्मेवार को हो भन्ने प्रश्न उनीहरुले गरेका थिए ।
ठेक्का स्वीकृत सम्झौता गर्दा पत्रमा सरकारी निकायका प्रमुखले हस्ताक्षर गरेको हुन्छ । तर निर्माण कार्यमा केहि त्रुटि भए भने त्यसको दोषी निर्माण व्यवसायी मात्र हुने गर्छ ।
ठेक्कापट्टामा सरकारलाई भ्याट १३, कर्मचारीको कमिशन १५, डनगुण्डाको कमिशन सात, मन्त्री, जनप्रतिनिधिको कमिशन २० र अडिट एवं कागजातमा १५ प्रतिशत लाग्ने गरेको र बाँकी बजेटको ३० प्रतिशत रकममा विकास निर्माण कार्य हुने गरेको छ । यी चर्चाको परिदृश्यमा निर्माण व्यवसायीको निर्माण कार्यको स्तरीयताको सवाल कहाँसम्म न्यायोचित रहेको छ भनी जिज्ञासासमेत उहाँहरूले राख्नुभएको छ । सम्पति धितो राखी निर्माण व्यवसायीको कार्य गरिरहे पनि समाजको आफूहरूप्रतिको नकारात्मक बुझाइले पीडा र अपमान महसुश भइरहेको निर्माण व्यवसायी बलराम महतोले धारणा राखे।

व्यवसायी सुरेन्द्र चौधरीले व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा तथा सरकारी कर्मचारीको गलत मानसिकताको शिकार व्यवसायी भइरहेको बताए। व्यवसायी दिगम्बर चौधरी , कामेश्वर झा र जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले समाजले विश्वास गर्ने किसिमले कार्य गर्नुपर्नेमा जोड दिए। संघका अध्यक्ष विवेकानन्द मिश्रको अध्यक्षतामा भएको सो सभाले आगामी वैशाख २२ गते संघको कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
रासस

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु