global ime bank Long Banner Ad

गृहपृष्ठ सुरक्षालाई लक्षित गर्दै भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ जाँदै

सुरक्षालाई लक्षित गर्दै भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ जाँदै

सुरक्षालाई लक्षित गर्दै भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ जाँदै

काठमाडौं । भारतीय प्रधानबमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणका क्रममा हुने मुक्तिनाथ यात्रालाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङतर्फ हिँडेको छ । पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल छन् ।
उनीहरु साँझसम्म जोमसोम पुग्ने जनाइएको छ । मोदीको भ्रमणलाई व्यवस्थित गर्न सुरक्षा फोर्सले विहीवार जिल्लाका सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल गर्ने कार्ययोजना पनि रहेको छ । त्यस्तै मोदीलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने टुङ्गो पनि लगाइने छ ।
मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर टोलीले सुरक्षा प्रदान गर्नेछन् । यसका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण अवधिभर मनाङदेखि मुस्ताङसम्मको सडक अवरुद्ध हुने भएपछि अन्नपूर्ण यात्रुको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
जिल्ला सुरक्षा समितिले मोदीको भ्रमण व्यवस्थित बनाउँदै पर्यटक र तीर्थयात्रीका लागि वैकल्पिक बाटोको व्यवस्था गरेको हो । मोदी भ्रमणको समयमा पदयात्रीले मनाङदेखि मुस्ताङको आवतजावत गर्न मुक्तिनाथ क्षेत्र बाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्नेछ । सर्वसाधारणलाई भने २० घण्टासम्म मुक्तिनाथ क्षेत्रमा प्रवेश रोक लगाइनेछ ।
जसअनुसार मुक्तिनाथ आउने तीर्थालुले बैशाख २८ गते साँझ ४ बजेदेखि बैशाख २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिक्षेत्र प्रवेश गर्न पाउने छैनन् । यसैबीच जनकपुरमा आएको हावाहुरीले क्षति पु¥याएको भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वार फेरि बनाउन थालिएको छ । मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका थिए ।
रामजानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बिहान साढे ३ बजेतिर आएको हावाहुरीले ढालेको हो । हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ । भाँचिएको बाँस कपडाले निर्मित स्वागत गेट हटाएर फेरि नयाँ स्वागत गेट निर्माण गर्न थालिएको हो । नागरिक अभिनन्दन स्थल रंगभूमि मैदान र बाटोमा जमेको पानी सुकाइदै छ ।
सरसफाईमा निजी विद्यालयका शैक्षिक संगठन पनि परिचालन गरिएको छ । हावाहुरीले किसानले लगाएको फलफूल तथा तरकारी खेती पनि नष्ट गरेको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुगेको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु