global ime bank Long Banner Ad

गृहपृष्ठ नर्भिक अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई विशेष छुट

नर्भिक अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई विशेष छुट

नर्भिक अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई  विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना कर्मचारी र ग्राहकलाई थप सेवा तथा सुविधा दिने उदेश्यले नर्भिक अन्तराष्टिय अस्पतालसंग सम्झौता गरेको छ । बैंकले अस्पतालसंग ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख श्री गणेश अवस्थी र नर्भिक अन्तराष्टिय अस्पतालका कार्यकारी निर्देशक श्री राजेन्द्र बहादुर सिंह बीच हस्ताक्षर भएको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात नर्भिक अस्पतालमा उपचार गराउँदा यस बैंकबाट प्रिभिलेजड कस्टुमरर्स क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौता अनुसार अस्पतालले प्रदान गर्ने सेवा अन्तर्गत प्याथोलोजी सेवा, सिटिस्क्यान, एमआएआई, रेडियोलोजी, कारडियस नन इन्भेसिभ एक्जामिनेशनस्, सर्जिकल चार्जेज, म्यामोग्राम लगायतका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् भने बेड चार्जमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै अस्पतालले आफ्नो तर्फबाट ग्राहकहरुलार्ई विभिन्न सेवाहरुमा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त थप ५ प्रतिशत छुट पनि ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित समय : ००:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु