global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकको नाफा १०० करोड

सिटिजन्स बैंकको नाफा १०० करोड

सिटिजन्स बैंकको नाफा १०० करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७४ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७५ चैत मसान्तमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकले ५५ अर्ब निक्षेपलाई पनि बढाएर ६० अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड पुगेको छ ।
बैंक राइट ब्याकबाट ४० करोड प्राप्त गरेको छ भने २४ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु