global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानडाको रेमिटवेयर पेमेन्टसंग एनआसीको रेमिट्यान्स सम्झौता

क्यानडाको रेमिटवेयर पेमेन्टसंग एनआसीको रेमिट्यान्स सम्झौता

क्यानडाको रेमिटवेयर पेमेन्टसंग एनआसीको रेमिट्यान्स सम्झौता

काठमाडौं

एनआईसी एसिया बैंकले क्यानडाको रेमिटवेयर पेमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्झौता गरेको छ ।

यो सम्झौतासँगै क्यानडा र यूएईबाट रेमिट्यान्स भित्र्याउन सहज भएको बैंकले जनाएको छ । ति देशमा रहेका रेमिटवयेर पेमेन्टका एजेन्टमार्फत पठाएको रेमिट्यान्स एनआइसी एसिया बैंकका जुनसुकै शाखाबाट प्राप्त गर्न सकिनेछ ।

साथै मुलुकभर रहेका ५ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

बैंकका हाल मुलुकभर २ सय शाखा कार्यालयहरु, २ सय एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन् ।

बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३३ अर्ब पुगेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये एनआइसी एसिया अग्रणी स्थानमा छ ।

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु