काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रसुवामा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

8.92K
shares

रसुवाको सिम्बुमा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । साञ्जेन हाइड्रोपावरको सामान बोकेर आमाछोदिङ गाउँपालिका– ५ तर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुमा अनियन्त्रित भइ सडकबाट १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घनामा परी मृत्यु हुनेमा मोरङ स्थायी घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । घटनामानवलपरासीका गौतम अर्याल र सुनसरीका जीवन राई घाइते छन् । उनीहरुलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ । चालक भने फरार छन् ।