काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभाको बैठक कांग्रेसद्वारा अवरुद्ध

6.51K
shares

राष्ट्रियसभाको बुधबारको बैठक प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा कांग्रेसको तर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

बैठकमा बोल्दै पाण्डेले अनशनरत चिकित्सक डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरेका थिए । राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन पनि उनले सरकारसँग माग गरे ।

पाण्डेले अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए । विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको जिकिर गर्दै पाण्डेले सो विषयमा सरकारको तर्फबाट स्पष्ट जवाफ माग गरे । उनले जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाए । त्यसलगत्तै कांग्रेसका सदस्यले विरोध जनाएका थिए ।

(रासस)