काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ यात्रु हराए

8.4K
shares

इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा सवार २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेको बताइएको छ ।

सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् । उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्पm पर्छ । जाभा इन्डोनेसियाको धेरै जनसंख्या भएको टापुक्षेत्र हो । जाभामा प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १ सय ४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुई हप्ताअघि पनि सुमात्रा टापूनजिकै भएको यस्तै अर्काे फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो । प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो संख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् ।

(रासस/एएफपी)