global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ वैज्ञानिक रुपमा जग्गा वर्गीकरण गरिन्छ : खनाल

वैज्ञानिक रुपमा जग्गा वर्गीकरण गरिन्छ : खनाल

वैज्ञानिक रुपमा जग्गा वर्गीकरण गरिन्छ : खनाल

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल(बलदेव)ले सरकारले वैज्ञानिक रुपमा जग्गा वर्गीकरण गर्न लागेको जानकारी दिएका छन् । काठमाडौंमा बुधबार भएको अचल सम्पतीको मूल्याङ्कनको एक दिने कार्यशाला गोष्ठिको उद्घाटन समारोहमा बेल्दै खनालले नेपालमा जग्गा वर्गीकरणमा वैज्ञानिकता नभएको टिप्पणी गरे ।

‘नेपालमा पनि अब छिटै भूमि व्यवस्थापन हुन्छ’ मन्त्री खनालले भने, ‘हामी भूमि व्यवस्था सम्बन्धी विधेयक तयारी गर्दै छौं ।’ भूमि व्यवस्था सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गराएर संसदमा पेस गर्ने तयारी गरिएको छ । विधेययकमा जग्गाको मूल्य निधारणको मापदण्ड, मापदण्डमा पनि ठाँउ र क्षेत्र अनुसार फरक फरक नियम लागु हुने व्ववस्था गर्ने उल्लेख छ ।

‘भूमिको व्यवस्थापन गरी संमृद्ध देश बनाउने अभियानमा सरकार छ’, खनालले भने, ‘विज्ञहरुको सहयोग र सुझावको आशा गरेका छौं ।’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नेपाल इन्स्टिच्युट अफ चार्टर्डसले गरेको गोष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै नापी विभागमा पूर्व महानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालमा अचल सम्पत्ती मूल्याङ्कनकै परिभाषा फेर्नुपर्ने आवश्यक्ता औंल्याए ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु