global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु

बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु

बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु

बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केही दिनयता बाढी र पहिरोले पुर्याएको क्षतिबारे जानकारी दिँदै १५ देखि २० गतेभित्र २६ जनाको मृत्यु भएको बताएका हुन् ।

बाढीमा परी दुर्इजना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । गृहमन्त्रीका अनुसार बाँकेमा चार, रोल्पामा तीन, सिन्धुली, पर्सा, सर्लाही, तनहुँ र मकवानपुरमा २/२ जनाको मृत्यु भएको छ । यस्तै कैलाली, चितवन, काठमाडौं, उदययुर, सिरहा, दाङ, महोत्तरी, बर्दिया र बारामा १/१ जनाको मृत्यु भएको छ । बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु भइसकेको गृहमन्त्रीले बताए ।

ठूलो क्षतिको सम्भावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाएको उनको भनाइ छ । सेना, प्रहरी र सम्बन्धित निकाय तथा केन्द्रको युनिटलाई २४सै घण्टा सर्तक अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ । सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसँग माग गरेपछि गृहमन्त्री थापा विवरणसहित उपस्थित भएका हुन् ।

प्रकाशित समय : २३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु