काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मुक्तिनाथ बैंकका ग्राहकलाई रिद्धिसिद्धि ज्वेलर्समा गहना किन्दा छुट

6.86K
shares

मुक्तिनाथ विकास बैंकका ग्राहकले रिद्धिसिद्धि ज्वेलसबाट गहना किन्दा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ र रिद्धिसिद्धिबीच बैंकका ग्राहकलाई सुन खरिदमा २० प्रतिशत र हिराका गहनामा १५ प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा मुक्तिनाथका तर्फबाट बजारीकरण विभाग प्रमुख वसन्त बक्सी र रिद्धिसिद्धिका तर्फबाट ग्राहक सेवा प्रबन्धक अजय अधिकारीले हस्ताक्षर गरे । मुक्तिनाथ बैंकले ८२ शाखा, १३ एटीएमबाट तीन लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।