काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आरम्भ ग्रुप २५ करोड लगानीमा रिसोर्ट सञ्चालन

13.29K
shares

रुपन्देहीमा प्रदेशकै सबैभन्दा ठूलो एथ्लेटिक्स स्विमिङ पुलसहितको रिसोर्ट सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–१५, ढवाहमा आरम्भ ग्रुप अफ हस्पिटालिटीले आरम्भ रिसोर्ट सञ्चालनमा ल्याएको हो । शैक्षिक कार्यक्रमसहितको यो रिसोर्ट नेपालको सन्दर्भमा पहिलो प्रयोग रहेको कम्पनीका अध्यक्ष बाबुराम महतले दाबी गरे ।

आरम्भ रिसोर्टको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरिले बिहीबार उद्घाटन गरे । होटल म्यानेजमेन्टमा स्नातक तहको पढाइ हुने प्रदेश ५ को पहिलो मेघा कलेजले दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको छ ।

aaramva2-newskarobar

सानो पुँजी संकलन गरी पब्लिक कम्पनीको रुपमा स्थापित आरम्भ रिसोर्टको चुक्ता पुँजी २० करोड रुपैयाँ छ । तीन बिघामा फैलिएको रिसोर्टमा ५ सयदेखि एक हजार क्षमताको हल छ । साथै, मिटिङ, सेमिनार, गोष्ठी र कन्फिडेन्सियल मिटिङलगायतका लागि प्रयोगमा ल्याउन सकिने हल पनि छन् ।

दानव नदीको किनारमा प्राकृतिक, पारिवारिक र संगीतमय वातावरणमा रमाउन चाहनेको रोजाइमा पर्ने विश्वास रिसोर्टका व्यवस्थापक छविलाल थापाको छ । रिसोर्टले सञ्चालनमा ल्याएको वेस्टर्न मेगा कलेजमा हाल होटल व्यवस्थापनमा स्नातक र एमबीए तहको अध्ययन भइरहेको छ ।