काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चुक्ता पुँजी आठ अर्ब पुर्याउँदै एनसीसी बैंक, पायो हकप्रदको अनुमति

14.24K
shares

नेपाल धितोपत्र बोर्डले एनसीसी बैंकलाई ५०५ हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । एनसीसीलाई २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डले अनुमति दिएको हो । बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहनेछ । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एनसीसीले हकप्रद बिक्री गर्न लागेको हो ।

अहिले एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले यही पुँजीको ५०५ हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नपुग रकम अब बैंकले बोनस सेयर दिएर पुर्याउने योजना बनाएको छ ।