गृहपृष्ठ बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाइने

बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाइने

बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाइने

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पुस महिनापछि बिमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने बताएका छन् । संसदमा पेश गरेको नयाँ बिमा ऐनको मस्यौदामा पनि बिमा कम्पनीलाई गाभेर शसक्त बनाउने उल्लेख छ । ‘बिमा व्यवसायको प्रभावकारी विस्तारका लागि पनि फोर्स मर्जरको नीति कार्यान्वयन गर्नुपर्ने स्थिति आएको छ ।’ उनले भने ।

पछिल्लो समय बिमामा नागरिकको पहुँच पनि बढ्दै गएको उनले दाबी गरे । उनका अनुसार अहिले ११ प्रतिशत नागरिक बिमाको पहुँचमा पुगेका छन् । यद्यपि, विज्ञहरु भने ५÷७ प्रतिशत नागरिकमात्रै बिमाको पहुँचमा रहेका बताउँछन् ।

बिमा समितिका अध्यक्ष चापागाईँले हालसम्म जम्मा २ वटा जीवन बिमा कम्पनी र एउटा निर्जीवन बिमा कम्पनीले मात्रै पुँजी वृद्धि गरेको जानकारी पनि दिए ।

बिमा समितिका अनुसार ३६ अर्ब पुँजी पुर्याउनुपर्ने १८ वटा जीवन बिमा कम्पनीको पुँजी हालसम्म २३ अर्ब ५६ करोडमात्रै पुगेको छ । असार मसान्तसम्ममा सबै बिमा जीवन बिमा कम्पनीहरुले २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब पुँजी पुर्याउनुपर्ने थियो । तर, हालसम्म जीवनतर्फ नेपाल लाईफ र नीर्जीवन तर्फ शिखर र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबाहेक अरुले निर्देशित चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु