काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डिस होमको अध्यक्षमा ढकाल

11.36K
shares

डिस होम मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । यसअघि पनि ढकाल डिस होममा सञ्चालक समिति सदस्य हुन् ।

देवीप्रकाश भट्टचनले अध्यक्षबाट राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । प्रवन्ध निर्देशकमा सुदिप आचार्य चयन भएका छन् । ढकाल आइएमई समूहका प्रवन्ध निर्देशक र कामना सेवा विकास बैंकका अध्यक्ष समेत हुन् । डिस मिडिया नेटवर्क सन् २००९ मा स्थापना भएको थियो ।

डिस मिडिया नेटवर्कको अध्यक्षबाट राजिनामा दिएका भट्टचनको नेतृत्वमा भने प्रभु टिभी सञ्चालनमा ल्याइएको छ ।