global ime bank Long Banner Ad

गृहपृष्ठ कृषिमा परनिर्भरता उच्च बिन्दुमा

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन् । नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले शुक्रबार काठमाडौँमा आयोजना गरेको खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको उल्लेख गरे ।

कार्यक्रममा बाेल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताइन् । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उनकाे भनार्इ रहेकाे थियाे ।

दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपूmल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ । नेपालको भारतसँगको व्यापार घाटा रु ६ खर्बभन्दा बढी रहेको छ ।

(रासस)

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु