नर्वेमा भलिवल प्रतियोगिता सम्पन्न
वि.सं.२०७५ साउन १६ बुधवार ०१:३४
shares

नर्वेको ओस्लोको सङ्स्भानमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समितिद्वारा आयोजित तेस्रो भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपोस रेड टोली विजयी भयो । उप विजेता एनपिएफ नर्वे बन्दा महिलातर्फ जेएसएस नर्बे विजयी भयो भने सद्भाव समूह नर्बे उपविजेता बन्यो ।
नेपाली जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीले सो कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, नेपाली जनजाती महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष नागेन्द्र कुमाल, युरो कांग्रेसका महामन्त्री गंगाधर गौतम, एनआरएनए नर्वेका अध्यक्ष सन्दिप थापा, जिएसएस डेनमार्कका सल्लाहकार प्रकास ढकालको सहभागिता थियो । कार्यक्रम नेपाली जनसम्पर्क समिती नर्वेका उपसभापति मधुशुधन पौडेलको संयोजनमा भएको थियो ।

























