गृहपृष्ठ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालन हुन्छ : पर्यटनमन्त्री
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालन हुन्छ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसै वर्षभित्र उडान सुरु हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले नौ महिनाभि उडान सुरु गर्ने घोषणा गरेका हुन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम ६० प्रतिशत सम्पन्न भइसकेको उनले जाकारी गराए । मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको पनि बताए ।
लुम्बिनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति भइसकेको उनको भनाइ छ ।
प्रकाशित समय : ०१:०८ बजे


















