गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ८)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ८)
१. बर्जु ताल कुन जिल्लामा पर्छ ? – सुनसरी
२. पाङदुरे नाच कुन जातिको संस्कृति हो ? – मगर
३. लदी पर्व (जल पर्व) कुन जातिमा प्रचलनमा छ ? – माझी
४. नेपाली भाषा अध्यापनका लागि मान्यता पाएको अमेरिकी राज्य कुन हो ? – वासिंगटङ
५. विदेशी लगानीमा नेपालमा दर्ता भएको पहिलो उद्योग कुन हो ? – हिमालयन ब्रुअरी ( २०३३) भारत
६. दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथा कहिलेदेखि प्रसारण भएको हो ? –२०५४ जेठ ९
७. नेपालसँग सर्वप्रथम श्रम सम्झौता भएको मुलुक कुन हो ? – कतार, २००५ अप्रिल २१
८. घोडाघोडी ताल कुन जिल्लामा पर्छ ? – कैलाली
९. सुर्मा भवानी जात्रा कुन जिल्लामा मनाउँछन् ? – दार्चुला
१०. भुस पोल्ने मेला कुन जिल्लामा लाग्छ ? – बागलुङ
११. चीनमा कहिलेदेखि ‘एक सन्तान नीति’ हटेको हो ? – २०१६ जनवरी १
१२. पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशको कहिले मृत्यु भएको हो ? – २०७४ मंसिर ३
१३. ज्यापु संग्रहालय कुन जिल्लामा छ ? – ललितपुर
१४. सतिदेवीको तल्लो भाग झरेको विश्वास गरिने सार्पुनाथ मन्दिर कुन जिल्लामा छ ? – हुम्ला
१५. प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कति महिलाले निर्वाचन जितेका छन् ? – ६
१६. सबैभन्दा ठूलो महानगरपालिका कुन हो ? – पोखरा लेखनाथ (४६४.२४ वर्ग किमी)
१७. अन्तरिक्षमा होटल बनाउने तयारीमा जुटेको रुसी कम्पनीको नाम के हो ? – रोसकान्समस
१८. नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमाल कतिवटा छन् ? – आठ
१९. भिजन ५ मिलियन प्लानअन्तर्गत प्यासिफिक ट्राभल्स (पाटा) र नेपाल च्याम्बर अफ कर्मसले सन् २०३० सम्म नेपालमा कति पर्यटक भित्र्याउने लक्ष्य लिएका छन् ? – ५० लाख
२०. कालिकोटका दलित समुदायमा प्रचलित नृत्य कुन हो ? – फुकौ नृत्य
प्रकाशित समय : ००:०५ बजे

















