global ime bank Long Banner Ad

गृहपृष्ठ नेमारको ‘डाइभ’मा सित्तैमा रक्सी

नेमारको ‘डाइभ’मा सित्तैमा रक्सी

नेमारको ‘डाइभ’मा सित्तैमा रक्सी

ब्राजिलका नेइमार विश्व फुटबलमा अहिलेका सबैभन्दा महंगा खेलाडी हुन् । विश्वकै महंगा खेलाडी भएर पनि नेइमारले जारी विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । अझ पटक पटक मैदानमा लढेको भन्दै उनको आलोचना समेत भइरहेको छ ।

आलोचकहरुले नेइमारले मैदानमा आवश्यकता भन्दा बढी ‘डाइभ’ मारेको भन्दै आलोचना गरेका छन् । धेरैले उनको मजाक समेत उडाएका छन् । यस्तो आलोचना अरु राष्ट्रमा मात्र सीमित छैन, उनकै राष्ट्र ब्राजिलमासमेत पुगेको छ ।

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा नेइमारको यही ‘अनावश्यक डाइभ’ लाई लिएर मजाक उडाइएको छ । अझ यसभन्दा एक कदमअघि बढेर रियो दि जेनेरियोको एक बारले नेइमारको प्रत्येक डाइभमा सित्तैमा रक्सीको ‘सट’ दिने घोषणा गरेको छ ।

बुधबार ब्राजिल र सर्बिया बीचमा खेल हुदैछ । सो खेलमा नेइमारले हानेको डाइभ पिच्छे फ्रि मा रक्सीको सट दिने घोषणा उक्त बारले गरेको छ । उत्तरी रियो दि जेनेरियोको सर वाल्टर पबले आफ्नो फेसबुक पेजमानै लेखेको छ, ‘नेइमार जब मैदानमा लढ्छन्, बारमा सबैलाई सित्तैमा सराबको एक ‘सट’ दिइने छ ।’

उक्त बारले फेसबुकमै यस्तो स्टाटस लेखेपछि भाइरल भएको छ । फेसबुकमा सो बारले नेइमारको एउटा फोटो समेत सेयर गर्दै यस्तो लेखेको हो । ब्राजिल अहिले समूह ‘ई’मा ४ अंकका साथ नेतृत्व गरिरहेको छ । समूह चरणको अन्तिम खेल बुधबार सर्बियासँग खेल्दैछ ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु