global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न- लिपुलेकबारे चीनसँग किन छलफल भएन ?

कांग्रेस सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकबारे किन छलफल नगरेको भन्दै प्रश्न गरेका छन् । चीन भ्रमणबारे सदनलाई जानकारी गराएसँगै प्रश्नोत्तर समयमा कांग्रेस सांसद दिलेन्द्र बडूले प्रधानमन्त्रीलाई लिपुलेकबारे प्रश्न गरेका हुन् ।

‘भ्रमणअघि प्रधानमन्त्रीले सदनमा छलफल र सम्झौता हुने भनी जानकारी गराएको ट्रेड ट्रान्सपोर्ट ट्रान्जिटको विषयमा किन सहमति भएन ?’ सांसद बडूले प्रश्न गरे, ‘दुई वर्षअघि भारत र चीनले नेपालको लिपुलेकबाट ट्रेड ट्रान्जिट करिडोर बनाउने विषयमा गरेको सहमतिमा नेपाललाई सहभागी नगराएको विषय चीनसँग किन छलफल भएन ?’

सांसद बडूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले चीनसँग ट्रेड ट्रान्सपोर्ट ट्रान्जिट र लिपुलेकका विषयमा छलफल भएको बताए । आगामी जुलाईमा ट्रेड ट्रान्जिटको विषयमा छलफल हुने र सहमति पनि हुने उनको जवाफ छ । लिपुलेकको विषयमा पनि चीनसँग प्रस्ताव राखेको प्रधानमन्त्रीले जानकारी गराए । ‘हामीले हाम्रो सीमाको रक्षा गर्नुपर्छ । हाम्रो पुस्ताले देशको रक्षा गर्नुपर्छ,’ उनले भने, ‘भारत भ्रमणको क्रममा पनि मैले यो विषय उठाएको छु र चीन भ्रमणमा पनि मैले कुरा राखेको छु ।’

भारतले विराटनगरस्थित फिल्ड अफिस हटाउनेबारे निर्णय गरिसकेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले उठाएका विषय छिमेकीले सम्बोधन गरिरहेका छन् ।’

 

यो पनि पढ्नुहोस्

चीन भ्रमणमा ओलीले बिर्सिए लिपुलेक

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु