global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो छ प्रधानमन्त्रीलाई भेट्ने समय तालिका

यस्तो छ प्रधानमन्त्रीलाई भेट्ने समय तालिका

यस्तो छ प्रधानमन्त्रीलाई भेट्ने समय तालिका

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले संसद र पार्टी कार्यकर्तासँग भेटघाटका लागि समय निर्धारण गरेका छन् । प्रधानमन्त्री ओलीले नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रबार प्रतिनीधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदसँग भेटवार्ता गर्ने छन् ।

नियमित रुपमा शुक्रबार दिउसो ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रदेशगत रुपमा सांसदसँग भेटघाट गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा सात प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदले भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले नियमित रुपमा नेकपाका कार्यकर्तासग हरेक महिनाको १ र १५ गते भेटघाट गर्ने भएका छन् । ‘प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालय र १५ गते पेरिसडाडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : ०२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु