गृहपृष्ठ चुम्बनका १३ प्रकार : कामुकतादेखि लाडप्यारसम्म
चुम्बनका १३ प्रकार : कामुकतादेखि लाडप्यारसम्म
अंग्रेजी शब्द ‘किस’को नेपाली रुपान्तरणलाई नै चुम्बनका रुपमा बुझ्नेहरु धेरै छन् । तर, पूर्वीय संस्कृतिमा प्रचलित चुम्बन (म्वाई) लाई हाल अत्यधिक प्रचलित किसले बोक्न सक्दैन । पूर्वीय संस्कृति आफैंमा भरिपूर्ण र मौलिकताले ओतप्रोत छ, जसका अंग्रेजी रुपान्तरण कतिपय सन्दर्भमा भएको छैन र भए पनि त्यो धेरैलाई थाह छैन । चुम्बन जस्तै अर्काे शब्द हो ‘गुरु’ । गुरुलाई अंग्रेजीमा ‘टिचर’का रुपमा धेरैले प्रयोग गर्छन् । तर, टिचर, शिक्षक, मास्टर आदि भन्दा गुरुको अली बढी भावनात्मक अर्थ छ । यो जीवन र जीवन दर्शनसँग गएर जोडिन्छ ।
हामीकहाँ पनि चुम्बन भन्नासाथ युवायुवतीबीचको यौन सम्बन्धलाई गाँसेर हेर्ने प्रचलन छ । यसैले पूर्वीय संस्कृतिमा किसमा अनूदित चुम्बनलाई ‘असांस्कृतिक’ भनी टिप्पणी पनि गरिन्छ । तर, चुम्बन यतिमा सीमित भने छैन । पूर्वीय संस्कृतिकै कुरा गर्दा पनि बालबालिकालाई स–स्नेह गरिने चुम्बन (म्वाई) लाई सकारात्मक रुपमै लिइन्छ । हामीकहाँ चुम्बनका यस्ता प्रकार पनि छन्, दैनिक जीवनमा जसको प्रयोग धेरै भइरहेको छ र त्यसको गलत अर्थ पनि लाग्दैन । खासगरी युवापुस्ताले चुम्बनलाई किसमा सीमित गर्दा त्यसले पूर्वीय संस्कृतिमा भद्दापन थपेको छ ।
केटाले केटीलाई, प्रेमीले प्रेमिकालाई वा श्रीमानले श्रीमतीलाई र एवं रितले एक–आपसमा गर्ने माया साटासाटको शैली वा तरिकामात्र चुम्बन होइन । किसलाई विकसित मुलुकमा खासै समस्याको रुपमा नलिए पनि नेपालमा यसलाई धार्मिक तथा सामाजिक रुपमा जोडेर हेर्ने गरिन्छ । चुम्बन भनेको निकटता र माया देखाउने प्रक्रिया वा क्रियाकलाप भएकाले आफूभन्दा ठूला सानामा लिंग र सम्बन्धको भेद नराखी पनि गरिन्छ ।
साना बालबालिकालाई मायाले गाला वा निधारमा चुम्बन गरिन्छ । त्यसो त आफ्ना छोराछोरी भाइबहिनीलाई पनि गाला तथा निधारमा चुम्बन गरिन्छ । यी सबै आफ्नो मनमा रहेको उनीहरुप्रतिको मायाको प्रस्फुटन हो । तर, एउटा प्रेमी वा श्रीमान–श्रीमतीले देखाउने माया फरक हुने भएकाले उनीहरुबीच आदान–प्रदान हुने चुम्बन फरक खालकै हुन्छ ।
पति–पत्नीबीच गरिने १३ प्रकारका चुम्बन :
नित्तिक चुम्बन
सुहागरातमा पतिले पत्नीलाई गर्ने चुम्बन नित्तिक चुम्बन हो । नवविवाहिता पत्नीलाई हर्षित हुँदै पतिले गर्ने चुम्बन नै नित्तिक चुम्बन हो । यो चुम्बनमा पतिले पत्नीलाई पहिलोपटक देखेको हुन्छ । सुहागरातमा सुन्दर पत्नी पाएकोमा खुसी हुँदै पत्नीका ओठलगायतमा पतिले गर्ने चुम्बन हो यो । यो समयमा पत्नीले लजाउँदै पतिको चुम्बनबाट आनन्द लिइरहेकी हुन्छिन् ।
स्फुरित चुम्बन
चुम्बनको यो दोस्रो प्रकारमा पनि पत्नीभन्दा पति बढी क्रियाशील हुन्छ । उसले नवविवाहिता पत्नीका ओठमा आफ्ना ओठ राखेर चुम्बनका लागि अनुरोध गर्छ तर पत्नी सर्माएर काँपिरहेकी हुन्छिन् ।
घट्टितक चुम्बन
चुम्बनको यो तेस्रो प्रकारमा पत्नी आफ्नो पतिको चुम्बनबाट आत्मविभोर भएर आँखाहरु बन्द गर्छिन् । त्यसपछि उनी हातले पतिका आँखा छोपेर ओठमा चुम्बन गर्छिन् । र, पतिले पनि यस्तै गर्छ ।
सम चुम्बन
चुम्बनको यो प्रकारमा भने पति र पत्नी दुवै चुम्बनका लागि क्रियाशील हुन्छन् । पति–पत्नीमा समान भावबिना समचुम्बन सम्भव छैन । दुवैले आपसमा चुम्बनको जवाफ चुम्बनले नै दिन्छन् र मजा लिन्छन् भने यस्तो चुम्बनलाइ समचुम्बन भनिन्छ ।
उद्भ्रान्त चुम्बन
यो अली फरक खालको चुम्बन हो । एकान्तमा बसिरहेका दम्पतीमध्ये एकजना उठेर अर्काेलाई आफूतिर तान्दै गर्ने चुम्बन उद्भ्रान्त चुम्बन हो ।
पीडितक चुम्बन
भनिन्छ, पीडितक चुम्बनले पीडा दिन्छ । तर, अचम्म के भने त्यो पीडा कामुक हुन्छ, जसका कारण पीडाको महसुस हुन पाउँदैन । पीडितक चुम्बनमा पति पत्नीले एक–अर्कालाई दह्रो गरी च्यापेर चुम्बन गर्छन् । यस्तो चुम्बनमा बढी कामुकता हुन्छ ।
उत्तर चुम्बन
उत्तर चुम्बन भने ‘टिट फर ट्याट’ शैलीको हुन्छ । एउटाले जुन अंगमा चुम्बन गर्छ, अर्काेले पनि सोही अंगमा चुम्बन गरी जवाफ फर्काउने चुम्बनलाई उत्तर चुम्बन भनिन्छ ।
प्रतिबोधक चुम्बन
प्रतिबोधक चुम्बनमा पति वा पत्नीमध्ये कुनै एकमात्र सक्रिय हुन्छ । एउटा निदाइरहेको अवस्थामा अर्काेले मुखमा गर्ने चुम्बनलाई प्रतिबोधक चुम्बन भनिन्छ ।
छायाँ चुम्बन
छायाँ चुम्बनमा दुवै जना उपस्थित हुनुपर्छ भन्ने जरुरी छैन । यो मनमा उब्जेको प्रेम अभिव्यक्त गर्ने एउटा तरिका हो । कसैको छायाँ ऐनामा देखेर वा तस्बिरमा गरिने चुम्बनलाई छायाँ चुम्बन भनिन्छ ।
द्युत चुम्बन
द्युत चुम्बन पनि चुम्बनको एउटा रुप हो । यो चुम्बनको एक तीव्र प्रकार हो । यस्तो चुम्बनमा सुरुमा पत्नीले पतिलाई चुम्बन गर्न दिन इन्कार गर्छिन् तर पछि पतिप्रति समर्पित हुन्छिन् । यस प्रकारको चुम्बनलाई द्युत चुम्बन भनिन्छ ।
राग सन्दिपक चुम्बन
राग सन्दिपक चुम्बनमा पतिभन्दा पत्नी बढी क्रियाशील हुन्छिन् । रातिको समयमा निदाइरहेको पतिलाई कामातुर पत्नीले उठाउनका लागि मुखमा गर्ने चुम्बनलाई राग सन्दिपक चुम्बन भनिन्छ ।
चलितक चुम्बन
पतिको ध्यान अन्यत्र रहेका बेला सम्भोगका लागि उसलाई तयार पार्न पत्नीले गर्ने चुम्बन चलितक चुम्बन हो । प्रायः पत्नीहरुले काम बासनाले चुर भएको अवस्थामा यस्तो चुम्बन गर्ने गर्छन् ।
तिर्यक चुम्बन
पतिपत्नी अलग–अलग स्थानमा बसेर मुख घुमाउँदै चुम्बन गर्छन् भने यस्तो चुम्बनलाई तिर्यक चुम्बन भनिन्छ ।
प्रकाशित समय : २३:४५ बजे



















