गृहपृष्ठ संगीत रोयल्टी अवधारणा विश्वकै नमुना
संगीत रोयल्टी अवधारणा विश्वकै नमुना
दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् भएके बताएका छन् ।
नर्वेजियन प्रतिलिपि अधिकार विकास संगठनले आयोजना गरेको १० दिने ‘प्रथम एसियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण’ कार्यक्रमको समापन समारोहमा बोल्दै उनीहरूले नेपालले विकास गरेको संगीतको रोयल्टी व्यवस्थापनसम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रहेको बताएका हुन् ।
प्रतिलिपि अधिकार विज्ञ टार्जा कोस्किनेन, इङ्गर डिरडाल, केटी याङ, रजत कक्कर, पियर ओलिभर लगायतले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएकोमा खुसी व्यक्त गर्दै नेपाली संगीतको प्रवर्द्धन र संगीतकर्मीको उत्थानका लागि सहकार्य गर्ने बताए ।
(रासस)
प्रकाशित समय : ०१:४३ बजे



















