गृहपृष्ठ सुर्खेत ट्राफिकले उठायो करिब ८८ लाख राजस्व

सुर्खेत ट्राफिकले उठायो करिब ८८ लाख राजस्व

सुर्खेत ट्राफिकले उठायो करिब ८८ लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत वर्ष ८७ लाख ८९ हजार राजस्व संकलन गरेको छ । सवारी अनुमति पत्र नबोकेका, म्याद नाघेका, क्षमताभन्दा बढी यात्रु बोकेका, मादक पदार्थ सेवन गरी सवारी चलाएकोलगायत शीर्षकमा गरिएको कारबाहीबाट सो राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै, जिल्लाभर गत वर्ष भएका ७८ वटा सवारीसाधन दुर्घटनामा परी सुर्खेतमा ३५ जनाले ज्यान गुमाएका छन् भने ७० जना गम्भीर घाइते भएका छन् । गत वर्षभर भएका साना–ठूला टा«फिक दुर्घटनामा २ सय ६० जना सामान्य घाइते भएको कार्यालयले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बिसीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ट्राफिक कार्यालयले ६९ लाख २८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु