global ime bank Long Banner Ad

गृहपृष्ठ ओखलढुंगामा नगरप्रमुखकै दादागिरी

ओखलढुंगामा नगरप्रमुखकै दादागिरी

ओखलढुंगामा नगरप्रमुखकै दादागिरी

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १२ का टकबहादुर खत्री परिवार ननिदाएको महिनौं भयो । बर्खा सुरु भएसँगै घर नजिकैबाट पहिरो झर्न थालेपछि खत्री परिवाराको निन्द्रा हराएको हो । पहिरोले घर पूरै चर्किएको छ । तर खत्री परिवारको पीडा सुनिदिने कोही छैन । उनको पुनस्र्थापनाको लागि अहिलेसम्म सरोकारवाला निकायले चासो दिएको छैन । चासो दिनुपर्ने निकायका प्रमुखकै कारण खत्री परिवार जोखिम मोलेर टहरामा बस्दै आएका छन् ।

७ कोठा भएको २ तल्ले पक्की घर जोखिममा परेपछि खत्रीले मासिक १६ हजार दिने गरी ४ वटा कोठामा बसेका भाडावालालाई निकाल्नु परेको गुनासो गरे । करोडौं लगानी गरेर बनाएको घर भएपनि अहिले टहराको बास भएको पीडित ईश्वरी खत्रीले बताइन् । आँखा भरि आँशु पार्दै ईश्वरीले भनिन्, ‘आफुहरु पीडित भएपनि कसैले सहयोग गरेनन् । सबै शक्तिको मात्र पछि लाग्ने रहेछन् ।’

नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नै पेटोलपम्प निर्माण गर्न खनेको कारण सो स्थानमा पहिरो गएको हो । पहिरोको ठिक तल जिल्ला समन्यवय समितिको कार्यालय छ । तर, विचमा पहिरो अड्किने ठाउँ भएकै कारण जिससले समेत यसमा चासो देखाएको छैन । पहिरोको व्यवस्थापन गर्न भन्दै स्वीस सरकार र नगरपलिकाको तर्फबाट १ करोड ६० लाख रकम छुट्टाएको भएपनि पहिरो नियन्त्रणको काम हुनसकेको छैन । पहिरो नियन्त्रणमा ढिलाई भइरहेकोबारे जानकारी लिन खोज्दा स्वीस विकास सहयोगका टलक हायूले नगरपालिकादलाई देखाएर पन्छिने प्रयास गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले एक करोड ६० लाखमा ३ महिनामा निर्माण सम्पन्न गर्ने गरि काम गर्ने सम्झौता भएपनि स्वीस विकास सहयोगले आफैं ठेक्का लगाएकोले आफूलाई केही जानकारी नभएको बताए । नगरपालिका र स्वीस विकास सहयोगले एकले अर्कोलाई देखाएर पन्छिदा पहिरो पनि पन्छाउन ढिलाइ भएको हो । जसको कारण खत्री परिवार अहिलेसम्म चैनले निदाउन पाएको छैन ।

यो त खत्री परिवारको मात्र पिडा हो । तर, मेयर श्रेष्ठको व्यवसायका लागि पेट्रोलपम्प बनाउन खनिएको खाडलमा पुरै बाटो समेत परेको छ । जसका कारण रमाइलो डाडा– जिसस सडक रोकिएको छ भने ओखलढुंगाबाट पश्चिम जाने गाडी र यात्रुको समेत जिससँँगको पहुँच टुटेको छ । काठमाडौं, विराटनरसहितका ठाउँबाट पुग्ने हरेक गाडीको पार्कको रुपमा रहेको जिसस वसपार्क अहिले लोकल पार्कमा सिमित भएको छ । मेयर श्रेष्ठकै प्रभावका कारण काठमाडौं विराटनगरबाट जाने गाडीहरु रमाइलोडाँडाबाट सिधै सोब्रुतर्फ मोड्ने ट्रयाक खोलिएको छ ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु