global ime bank Long Banner Ad

गृहपृष्ठ नुवाकोटका राजकुमार शर्मा २१ दिनदेखि बेपत्ता

नुवाकोटका राजकुमार शर्मा २१ दिनदेखि बेपत्ता

नुवाकोटका राजकुमार शर्मा २१ दिनदेखि बेपत्ता

नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे कर्मेटारका ४६ वर्षीय राजकुमार शर्मा २१ दिनदेखि बेपत्ता छन् । साउन ३ गते बिहान घरबाट कलेज पढाउन निस्किएका शर्मा अझै नफर्किएको दिदी गंगा शर्माले बताइन् ।

शर्मा काठमाडौं महानगरपालिका–२६, गल्कोपाखा बस्दै आएका थिए । ‘बिहान कलेज पढाउन निस्किएको भाइ केहीबेरपछि सम्पर्कविहीन भयो,’ दिदी शर्माले भनिन्, ‘त्यसयता अत्तोपत्तो छैन ।’ सोही दिन मध्याह्न १२ बजेपछि राजकुमार शर्माको मोबाइल फोन अफ भएको थियो । प्रहरीदेखि आफूले चिनेजानेका सबैलाई सम्पर्क गर्दा पनि फेला पार्न नसकिएको दिदी शर्माले बताइन् ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु