गृहपृष्ठ विश्वलाई शान्तिको दिशामा दोहोर्याउने बुद्धदर्शन : प्रधानमन्त्री
विश्वलाई शान्तिको दिशामा दोहोर्याउने बुद्धदर्शन : प्रधानमन्त्री
धम्मावती गुरुमाँको ८५ औं शुभजन्मोत्सवको अवसरमा धर्मकीर्ति विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरिएको छ । अभिधर्म पाठको अन्तिम दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्वान धम्मावती गुरुमाँको ८५ औं शुभजन्मोत्सवका अवसरमा उनलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरे ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले धम्मावती गुरुमाँलाई बुद्धको प्रतिमुर्ति प्रदान गरे । प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक उपासिकालाई सम्मान गरे ।
उनले भिक्षु बोधिज्ञानबाट प्रवचन दिँदै अशान्तपूर्ण अहिलेको युगमा विश्वलाई शान्तिको दिशामा दोहोर्याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोड दिए । नेपालमा महिला शिक्षामा जागरण ल्याउने धम्मावती गुरुमाँको ८५ बर्ष प्रवेशको उपलक्ष्यमा उनलाई शुभकामना दिन उपासक उपाशिका तथा शुभेच्छुकहरुको विहारमा ठूलो भीड लागेको छ ।
जहाँनिया राणाको कठोर शासनकालमा शिक्षा आर्जन गर्ने तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेका बौद्धविद्वान धम्मावती गुरुमाँ आजदेखि ८५ बर्षमा प्रवेश गरेकी छिन् ।
महिलाले अक्षर पढ्न हुँदैन भन्ने त्यसबेलाको सामाजिक बन्धनलाई तोडेर महिनौं दिन हिंडेर रंगून पुगेकी धम्मावतीले बर्मामा (हालको म्यान्मार) बुद्ध धर्मको गहन अध्ययन गरेकी थिइन् । म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले पनि उनलाई गुरुको रुपमा सम्मान गर्दै आएकी छन् ।
प्रकाशित समय : २१:१७ बजे



















