काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

10.9K
shares

सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३२० सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको छ । १८९ जना गम्भीर तथा ३४४ जना समान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार गत आवमा ३७ ट्रक, ५३ बस, ५९ कार÷जीप, २३ ट्याक्टर, पाँच टेम्पो र २४४ मोटरसाइकल दुर्घटना भएको थियो ।

सवारी साधनको अत्यधिक चाप, पूर्व–पश्चिम राजमार्ग साँघुरो हुनु, वैकल्पिक सडक नहुनु, तीव्र गतिमा सवारी साधन हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुलगायत कारणले दुर्घटना अत्यधिक भएको श्रेष्ठले बताए ।

गत आवमा नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ५३ हजार ६२४ चालकलाई कारबाही गरिएको थियो । कारबाहीबाट रु तीन करोड १४ लाख ५८ हजार राजश्व सङ्कलन भएको छ । आव २०७२÷७३ मा २८३ सवारी साधन दुर्घटना हुँदा ५१ जना तथा आव २०७१÷७२ मा १७८ सवारी साधन दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

(रासस)