काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेलकामा बढ्यो सडक दुर्घटना, न्युनिकरणका लागि पहल सुरु

10.75K
shares

सडक दुर्घटना न्यूनिकरण गर्न उदयपुरको बेलका नगरपालिकामा चेतनामूलक कार्यक्रम संचालन गरिएको छ । रामपुरस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा नगरपालिकाका यातायात मजदुर, विद्यार्थी, व्यापारीलगायतलाई सडकमा यात्रा गर्दा अपनाउनुपर्ने कुराबारे जानकारी गराइयो । रामपुरका ट्राफीक प्रहरी इन्चार्ज भेषबहादुर थापाले कार्यक्रमलाई सहजीकरण गरेका थिए । सडकमा हुने सानो गल्तीले ज्यान जान सक्ने भन्दै उनले ट्राफीक नियम उल्लंघन नगर्न सबैलाई आग्रह पनि गरे ।

लामो समयसम्म कच्ची रहेको सडक राष्ट्रिय प्राथमिकतामा परी बैकल्पिक लोकमार्ग बनेपछि बेलका क्षेत्रमा दुर्घटना बढेको छ । अधिकांश दुर्घटना तीव्र गति र लापरवाहीका साथ सवारी चलाएका कारण भएकाले चेतनमूलक कार्यक्रममार्फत दुर्घटना न्युनिकरणको प्रयास थालिएको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । बेलकामा सामान्य खालका दुर्घटना दिनहूँजसो भइरहेका छन् । हालैमात्रै बेलका नगरपालिकाभन्दा पूर्व बराहक्षेत्रको खारखोलामा टाटा सुमोको ठक्करबाट एकजनाको मृत्यु भएको थियो ।