महेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाइयो
वि.सं.२०७५ भदौ ११ सोमवार १८:३१
shares

महेन्द्रनगरमा सोमबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि कफ्र्यु हटाइएको छ । बिहान ५ बजे हटेको कफ्र्यु १२ बजे जारी गर्ने प्रशाशनले बताएको थियो । अवस्था समान्य रहेको भन्दै प्रशासनले कफ्र्यु हटाएको हो । सोमबार साँझ ६ बजेपछि मंगलबार बिहान ५ बजेसम्म भने कफ्र्यु जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारालाई सार्वजनिक गर्न माग राख्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाउँदै आएको थियो । अवस्था समान्य बन्दै गएपछि कफ्र्यु हटाउँदै लागिएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी भए पनि त्यसपछि मंगलबार दिउँसोका लागि भने अवस्था हेरेर निर्णय लिइने स्थानीय प्रशासनले जनाएको छ ।





















