काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तेक्वान्दो खेलाडीहरुको बिदाइ

8.33K
shares

ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका नेपाली तेक्वान्दो खेलाडीहरुको बिदाइ गरिएको छ । साेमबार सभामुख कृष्णबहादुर महराको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडीहरुको विदाइ गरिएको हो ।

टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको गरिमा बढाउन खेलाडीहरुलाई आग्रह गरे । ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोला,’ महराले खेलाडीहरुलाई भने, ‘तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ, हार्दिक शुभकामना छ ।’

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । सोमबार कोरियातर्फ लागेको टोलीमा प्रशिक्षक, कप्तानसहित २० जना सहभागी छन् ।