सप्तरीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
वि.सं.२०७५ भदौ २५ सोमवार १४:२८
shares

सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गएराति ना २ ख ३००१ नम्बरको ट्रकले बा ५० प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ का ३४ वर्षीय अर्पण तामाङ र मोटरसाइकलको पछाडि बसेका २८ वर्षीय अल्केश थापा रहेकाे प्रहरीले जनाएको छ ।

























