कर्णालीमा देवानी संहिता आरम्भको खुसीयाली
वि.सं.२०७५ भदौ २ शनिवार ००:५१
shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देवानी संहिता आरम्भको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार केन्द्रीय सरकाको कानुन, न्याय तथा संसदीय मामीला मन्त्रालयले देवानी तथा फौजदारी प्रारम्भ उत्सव कार्यक्रमको आयोजना गर्यो ।
उत्सव कार्यक्रमको समन्वय भने कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आन्तरिक मामीला तथा कानुन मन्त्रालयले गरेका थिए । कार्यक्रमकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले लोकतन्त्र व्यक्तिको शासन नभई विधिको शासन भएको बताए । उनले भने ‘लोकतन्त्र व्यक्तिको शासन नभई विधिको शासन हो । विकासका नाममा पुल र बाटोघाटो मात्रै विकास होईन । हामी कर्णाली प्रदेशबाट सामाजिक न्याय सहितको सम्वृद्धिका लागि तयार छौं ।’
उनले पीडक नछुट्ने र पीडितले न्याय पाउने गरी कानुन निर्माण गरिएकोले सफल कार्यान्वयनको आवश्यकता औंल्याए । सोही कार्यक्रममा कर्णाली प्रदेश सरकारका सचिव कलानिधि पौड्यालले देवानी तथा फौजदारी संहिताको विशेषताहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न कानुनविद्, वरिष्ठ अधिवक्ता तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
बार एसोसियसनको चियापान
उच्च अदालत बार एसोसियसन तथा जिल्ला अदालत बार सुर्खेतले मुलुकी संहिता आरम्भ भएको अवसरमा चियापान समारोह सम्पन्न गरेका छन् । शुक्रबार एसोसियसनले संयुक्त रुपमा वीरेन्द्रनगरमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण हमालले सबै नागरिक तथा सरकोकारवालाहरु कानुन बमोजीम चल्नुपर्ने बताए । सोही कार्यक्रममा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धरले कानुनको ज्ञान नभएका राजनितिक दलका ठालुहरुले गरेको फैसलामा सरकारको ध्यान जाुनपर्ने बताए । त्यस्तै कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले कानुन जानेन भनेर कसैले पनी छुट नपाउने बताए ।





















