काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

करको विरोधमा नेपाली कांग्रेसद्वारा बुटवलमा प्रर्दशन

8.94K
shares

 

अनुचित रुपमा नागरिकहरुमाथि करको बोझ थोपरिएको भन्दै नेपाली कांग्रेसले बुटवलमा प्रदर्शन गरेको छ । सडकमा केन्द्रदेखि स्थानीय तहले बढाएको करविरुद्ध चर्का नारा लगाउदै प्रदर्शनमा उत्रिएको कांग्रेसले बुटवल उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए । उनीहरुले उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।

नगरप्रमुख सुवेदीलाई ज्ञापन पत्र बुझाउदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति र सहकार्य संस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका थिए । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सुवेदीले दल, संघ सस्था वा नागरीक समाज कसैलाई उपेक्षा गरी उपमहानगरपालिका अघि नबढेको दावी गरे । उनले सबैसँग मिलेर सहकार्य गरेर अघि बढे मात्र बुटवलको विकास र समृद्धि सम्भव रहेको बताए ।