global ime bank Long Banner Ad

गृहपृष्ठ नुवाकाेटमा पहिरोका कारण दुई जना सम्पर्कविहीन

नुवाकाेटमा पहिरोका कारण दुई जना सम्पर्कविहीन

नुवाकाेटमा पहिरोका कारण दुई जना सम्पर्कविहीन

नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् । बुधबार अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले जानकारी दिए । गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । पानी परिरहेको र पहिरो गइरहेका कारण उद्धारमा कठिनाइ भएकाले मौसम खुलेपछि हेलिकप्टरमार्फत भए पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

पहिरो बस्तीतर्फ बढिरहेको र भने चार घर पहिराले बगाइसकेको छ । पहिरो निरन्तर झरिरहेकाले वरपरका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताए । रासस ।

प्रकाशित समय : ००:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु