गृहपृष्ठ प्रदेश २ का मुख्यमन्त्रीले सुरू गरे बेटी पढाउ बेटी बचाउ अभियान
प्रदेश २ का मुख्यमन्त्रीले सुरू गरे बेटी पढाउ बेटी बचाउ अभियान
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ बेटी बचाउ अभियानको शुक्रबार औपचारिक शुभारम्भ गरेका छन् ।
मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियानको शुभारम्भ गर्दै यो अभियानमा मुख्यमन्त्रिको नाम जोडिएर राखिएको भए पनि प्रदेशका सम्पूर्ण मन्त्रिहरुको सहभागिता र दायित्व रहेको बताए । शुक्रबार मन्त्रीपरिषदको कार्यालयमा आयोजित एक समारोहकाबीच मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियानमा प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको सक्रिय सहभागिताको आवश्यकता रहेको बताए ।
उनले समाज र देशको विकासका लागि महिलाको सहयोग अति आवश्यक रहेकाले महिलालाई सम्पूर्ण क्षेत्रमा सम्मानका लागि यो अभियानको सुरुवात गरिएको उल्लेख गरे ।
प्रकाशित समय : २१:३२ बजे


















