गृहपृष्ठ यसरी अस्ताए नेपालका पहिलो गायक रिमाल

यसरी अस्ताए नेपालका पहिलो गायक रिमाल

यसरी अस्ताए नेपालका पहिलो गायक रिमाल

वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ ।
वरिष्ठ कलाकार रिमालको शुक्रबार बिहान ९२ वर्षको उमेरमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

चर्चित नाटककारको रुपमा समेत परिचित रिमालले बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ मा १४ वर्षको उमेर अभिनय सुरु गरेका थिए । विक्रम संवत् २००७ सालमा ‘मेरो दिल टुक्रा टुक्रा…’ बोलको गीत गाएर रेडियो नेपालको प्रथम गायकको रुपमा पनि उनले आफूलाई परिचित गराएका थिए ।

स्वर्गीय रिमालले गएका ‘फगत एक नजरमा’, ‘विना बादल असिना झर्याे’ लगायतका दर्जनौं गीत चर्चित छन । विक्रम संवत १९९२ असोज ३ गते पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालका पुत्रका रुपमा जन्मिएका कला र गायनको माध्यामबाट रेडियो नेपालदेखि नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

तस्बिर : सुनिल प्रधान 

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु