गृहपृष्ठ राहुल गान्धी काठमाडौंमा, मानसरोबर जाने
राहुल गान्धी काठमाडौंमा, मानसरोबर जाने
भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शुक्रबार अपराह्न काठमाडौं आइपुगेका छन् । बिमस्टेकको शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेका बेला प्रतिपक्षी कांग्रेस आइका अध्यक्ष गान्धी काठमाडौं आइपुगेका हुन् ।
निजी भ्रमणका क्रममा शुक्रबार दिउँसो इन्डिगो जहाजबाट काठमाडौं अवतरण गरेका गान्धी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जानेछन् । गान्धी शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन् भने मोदी शुक्रबार साँझ भारत फर्कदैँ छन् ।
आफ्ना दुई जना सहयोगीका साथ काठमाडौं आएका गान्धी शुक्रबार काठमाडौं बस्नेछन् भने शनिबार नेपालगञ्ज जानेछन् । त्यसपछिको गान्धीको विस्तृत भ्रमण तालिका भने सार्वजनिक भएको छैन ।
प्रकाशित समय : २२:०८ बजे


















