global ime bank Long Banner Ad

गृहपृष्ठ सेमिफाइनलबाट बाहिरिएको फुटबल टोली स्वदेश फर्किंदै

सेमिफाइनलबाट बाहिरिएको फुटबल टोली स्वदेश फर्किंदै

सेमिफाइनलबाट बाहिरिएको फुटबल टोली स्वदेश फर्किंदै

बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाली फुटबल टोली स्वदेश फर्किंदैछ । माल्दिभ्ससँग ३–० ले पराजित भएर सेमिफाइनलबाट बाहिरिएको टोली आज स्वदेश फर्कन लागेको हो ।

माल्दिभ्ससँग पराजित भएसँगै नेपाल फाइनलमा पुग्ने सपना अधुरो रहेको हो । पहिलो खेलमा पाकिस्तानसँग २—१ गोलले पराजित भएको थियो ।

दोस्रो खेलमा भुटानलाई ४—० र समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई २—० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । बंगलादेशबाट टोली पौने १२ बजे त्रिभुवन विमानस्थल आइपुग्ने छ ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु