global ime bank Long Banner Ad

गृहपृष्ठ अफगानिस्तानमा ११ वर्षमा १३ ठूला आक्रमण, एक हजार ६० को मृत्यु

अफगानिस्तानमा ११ वर्षमा १३ ठूला आक्रमण, एक हजार ६० को मृत्यु

अफगानिस्तानमा ११ वर्षमा १३ ठूला आक्रमण, एक हजार ६० को मृत्यु

अफगानिस्तानमा मंगलबार भीषण आत्मघाती आक्रमण भएको छ । सन् २००१ मा सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा घटनामा तालिबान विद्रोही समूहको हात रहँदै आएको छ । तर, सन् २०१४ पछि इस्लामिक स्टेट (आईएस) समूहको पनि बिगबिगी बढ्न थाल्यो र बारम्बार ठूला आक्रमण हुँदै आएका छन् ।

अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्मका भीषण आतंककारी हमला
सन् २०१८ को सेप्टेम्बर ११ मा नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा विस्फाट भयो । सो विस्फोटमा ६८ जनाको मृत्यु हुनुका साथै एक सय ६५ जना घाइते भए । सो नरसंहारको जिम्मा अहिलेसम्म कसैले लिएका छैन । तर, नानगाहार प्रान्तमा अतिवादी इस्लामिक स्टेट नै सक्रिय छ । इस्लामिक स्टेटले पछिल्ला समयमा भएका सबैजसो बम हमलाको जिम्मेवारी लिँदै आएको छ ।

सन् २०१८ को जनवरीमा काबुलको प्रमुख शहरमा भएको एक विस्फोटमा एक सयभन्दा बढीको मृत्यु भएको थियो । मारिएका प्रायः सर्वसाधारण थिए । सो आक्रमणको जिम्मा तालिबानले लिएको थियो ।

सन् २०१७ को अक्टोबरमा तालिबान समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम हमलामा करिब ८० जनाको मृत्यु भयो । मृतक अधिकांश सेना र प्रहरी थिए भने थुप्रै सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्टिया प्रान्तको गाडैज शहरमा प्रहरी परिसरमा भएको बम आक्रमण हुँदा ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा एम्बुस आक्रमण भयो । जहा १५ जना सुरक्षा अधिकारी र पाँच सर्वसाधारको ज्यान गयो ।

यस्तै, सन् २०१७ को मे ३१ मा काबुलमा भएको बम आक्रमणमा एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

२०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफमा सैनिक पोशाकमा प्रवेश गरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमणमा एक सय ४४ जनाको मृत्यु भएको थियो ।

२०१७ मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठुलो सैनिक अस्पतालमा आइएस विद्रोहीले आक्रमण गरे । जहाँ ५० जनाको ज्यान गएको सार्वजनिक गरिए पनि अनुसन्धानकर्ताले भने सय जनाको मृत्यु भएको दाबी गरेका थिए ।

सन् २०१६ मा जुलाई २३ मा काबुलको सिया मुसलमान गाउँमा भएका दुई विस्फोटमा ८५ जनाको मृत्यु भएको थियो भने २ सय ३१ जना घाइते भएका थिए ।

अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूले गरेको ट्रक बम हमलामा ६४ जनाले ज्यान गुमाएका थिए । सो हमलामा तीन सय ४० गम्भीर जना घाइते भए ।

सन् २०११ डिसेम्बर ६ मा अशुरा पर्वको बिदाको दिनमा काबुलमै मुसलमान समुदाय लक्षित आक्रमण भयो । सो हमलामा ८० जना मारिए । सोही दिन दोस्रो आक्रमण मजार इ सरिफको एक शहरमा भएको थियो । जहाँ चार जनाले ज्यान गुमाए । उक्त आक्रमणको जिम्मेवारी लिन तालिबान लडाकूहरुले अस्वीकार गरे ।

सन् २००८ जुलाई ७ मा भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए । तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १ सय ५० जना घाइते भएका थिए । तालिबानले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको थियो ।

फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एक शहरमा भएको आत्मघाती आक्रमणमा एक सय ४० जनाको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत थिए ।

सन् २००७ नोभेम्बर ६ तारिखमा काबुलको उत्तरी क्षेत्रमा पर्ने इ खुम्रीमा रहेको एक चिनी कारखाना अवलोकन गर्न पुगेका बालबालिका र सांसदको टोली लक्षित बम आक्रमणमा ५९ बालबालिका र पाँच सांसदसहित ७९ जना मारिए । सो घटनाको जिम्मेवारी पनि कसैले लिएन । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक हिंसात्मक आक्रमणका शृंखला बढेका छन् ।

(एजेन्सी)

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु